एमालेसँग तत्काल सहकार्य हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल चुनावी तालमेल र सहकार्य नहुने प्रतिक्रिया दिएका छन् ।
स्थानीय तह चुनावको तयारी कार्यकर्ता प्रशिक्षणका लागि प्रदेश १ मा पुगेका उनले केपी गुटको अहंकार र दम्भको कारण सहकार्य सम्भव नभएको बताए ।
‘चुनावी तालमेल र सहकार्यका लागि म र नारायणकाजीलगायतले यसबीचमा प्रयास नगरेको होइन,’ उनले भने, ‘ओली र उनका गुटका नेताहरूको अहंकार, दम्भ र नकारात्मक सोचग्रस्त भएकाले तत्काल सहकार्य सम्भव छैन ।’
एमालेले १४ जना सांसदको बर्खास्तीको माग राख्दै संसद् अवरोध गर्नु कूतर्कबाहेक केही नभएको टिप्पणी गरेका छन् । अदालतमा विचाराधीन मुद्दामा एमालेले बखेडा झिक्न आवश्यक नभएको बताए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया