NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एमाले बैठक जारी, के छ एजेण्डा र कार्यसूची ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक केही बेरअघि कार्की ब्यांकेट, बबरमहलमा सुरु भएको हो ।

स्थानीय तह निर्वाचन बैठकको मुख्य एजेण्डा हुने बताइएको छ । स्थानीय तह निर्वाचन आगामी वैशाख ३०- हुँदैछ । बैठकले उम्मेदवार

घोषणाको मापदण्ड, चनावी घोषणापत्रलगायत विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पेश गर्ने प्रतिवेदनबारे पनि छलफल हुनेछ । दुई दिनसम्म चल्ने बैठकमा सातै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् ।