कांग्रेससँग तीन वटै तहको चुनावमा गठबन्धन हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन् ।
सत्तारूढ गठबन्धनलाई निर्वाचनमा निरन्तरता दिनेबारे मतान्तर देखिएका बेला प्रचण्डले अहिलेको गठबन्धन तीनै तहको चुनावसम्म कायम हुने बताए ।
‘गठबन्धन कायम नै छ । यही गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म कायम रहन्छ,’ प्रचण्डले भने ।
चितवनका कांग्रेस नेताले केन्द्रले गठबन्धन गरे पनि नमान्ने भनेर गरेको टिप्पणीप्रति सञ्चारकर्मीले उनलाई प्रश्न गरेका थिए । जवाफमा उनले चितवन कांग्रेसले भन्दैमा केही नहुने बताए ।
निर्वाचन घोषणापछि प्रचण्ड पहिलो पटक चितवन पुगेका हुन् । माडीमा आयोजित विभिन्न कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम छ ।
ताजा अपडेट
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब
-
प्रतिबन्ध लाग्नुअघि नै बन्द भयो अमेरिकामा टिकटक
-
दोस्रो चरणको युद्धविराम सफल नभए पुनः आक्रमण थाल्ने इजरायली प्रधानमन्त्रीको चेतावनी
-
झापाका तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती
प्रतिक्रिया