NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते
स्थानीय तह निर्वाचन

काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?

उपमेयरमा एमालेबाट राप्रपालाई धोका

काठमाडौं । २०७४ सालपछि फेरि स्थानीय तह चुनावको सरगर्मी बढेको छ । देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका पाँच वर्ष अघि भएको चुनावमा मेयरमा एमालेले बाजी मारेको थियो । विद्यासुन्दर शाक्यले कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार ६ सय ४४ मतले पराजित गरेका थिए । विजयी शाक्यले ६४ हजार ९ सय १३ र पराजित राजुराजले ४५ हजार २ सय ६९ मत ल्याएका थिए ।

काठमाडौंमा एमालेले राप्रपासँग तालमेल गरी उपमेयर छोडेको थियो । तर उपमेयरमा राप्रपाका गरेको थियो । तर कांग्रेसकी हरिप्रभा खड्का विजयी हुँदा एमालेले तालमेल गरेको राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत मात्रै ल्याएका थिए ।

मेयरमा विवेकशील नेपाली दलकी उम्मेदवार रञ्जु दर्शनाले अस्वभाविक मत ल्याएकी थिइन् । नयाँ शक्तिको रुपमा हेरिएको पार्टीबाट दर्शनाले २३ हजार चार सय ३९ मत ल्याएकी थिइन् ।

साझा पार्टीबाट उम्मेदवार बनेका पूर्वप्रशासक किशोर थापाले १८ हजार चार सय ९६ मत ल्याएका थिए ।

काठमाडौँ महानगरमा माओवादी केन्द्र भने कमजोर देखिन पुग्यो । उसका उम्मेदवार सर्वोत्तमदास डंगोलले सात हजार नौ सय ६ मत मात्रै ल्याए । जब कि तत्कालीन नयाँ शक्तिकी पवित्र बज्राचार्यले पनि ६ हजार ५० मत मत ल्याएका थिए ।

उपमेयरमा राप्रपालाई एमालेको धोका

मेयरमा राप्रपाको भोट एमालेलाई गए पनि उपमेयरमा भने राप्रपाका उम्मेदवार पराजित हुन पुगेका थिए । उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार नौ सय ५२ मत ल्याएर जित निकालिन् । एमालेले उपमेयर राप्रपालाई दिएको थियो, तर सहमतिको गतिलोसँग पालना नभएको परिणामले देखायो । अर्थात् एमालेका धेरै भोट राप्रपामा गएनन् । त्यसैले कांग्रेसलाई सजिलो भयो । राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार आठ सय ५४ मत मात्रै ल्याए । साझा पार्टीका निरुपमा यादवले तेस्रो बढी अर्थात् ११ हजार पाँच सय ३३ मत ल्याइन् । माओवादी केन्द्रका सुशीलाकुमारी पौडेलले १० हजार चार सय ४८ मत पाइन् । नयाँ शक्तिकी सविना अर्याल दवाडीले तीन हजार चार सय ९३ मत ल्याएकी थिइन् ।

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौँ महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए

काठमाडौं महानगरपालिका : मेयर शाक्यका गफ ठूला, काम शून्य

उपमेयर कांग्रेसले जिते पनि वडास्तरमा भने एमालेले वर्चस्व बनाएको थियो । काठमाडौँ महानगरका ३२ वडामध्ये १८ वटामा एमालेले अध्यक्ष जित्यो । बाँकी १४ मा कांग्रेसले बाजी मार्दा अन्य दल शून्य भए । मेयर–उपमेयरमा राम्रै मत ल्याएका साझा र विवेकशील नेपाली तथा माओवादीले एउटै वडाध्यक्ष जित्न सकेनन् ।

महानगरका १, २, ३, ४, ७, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ वडामा एमालेको कब्जा भयो ।

कांग्रेसले ५, ८, १०, ११, १६, १७, १९, २०, २५, २६, २८, २९ र ३० नम्बर वडा जित्यो ।

विवेकशील र साझाले चामत्कारिक मत ल्याएको काठमाडौंको रोचक चुनावी समीकरण यस्तो छ

ताजा अपडेट

नेपालवाच विशेष