डल्लाकोटीको प्रष्टीकरण : आवेगमा एमाले गएँ, पश्चाताप भएपछि माओवादीमै फर्किएँ (विज्ञप्तिसहित)

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर सोमबार मात्रै एमाले प्रवेश गरेका धादिङका नेता पित्तबहादुर डल्लाकोटी (हरि) ले क्षणिक आक्रोश र आवेगमा एमाले प्रवेश गरेकाले त्यसलाई सच्याएको बताएका छन् । यसप्रति उनले क्षमायाचनासमेत गरेका छन् ।
‘माओवादीको तर्फबाट गाउँपालिका अध्यक्षमा पार्टीको उम्मेदवार भएर विजयी भई क्रियाशील भइरहेको अवस्थामा मभित्र क्षणिक आक्रोस र आवेगमा आई राजनैतिक राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गएकाले त्यसप्रति आत्मालोचना गर्दछु,’ उनले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनले एमाले प्रवेश गर्ने आफ्नो निर्णय गम्भिर गल्ति भएको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।
डल्लाकोटीले माओवादी केन्द्र महान् तथा गौरवशाली पार्टी भएको समेत बताएका छन् ।
डल्लाकोटी धादिङकाे बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्षसमेतसमेत हुन् । अघिल्लो निर्वाचनमा डल्लाकोटी धादिङमा माओवादी केन्द्रका तर्फबाट स्थानीय तह अध्यक्ष जित्ने एक मात्र प्रतिनिधि हुन् ।
त्यसो त उनी एमाले पृष्ठभूमिकै नेता हुन् । १५ वर्षअघि एमाले छाडेर उनले माओवादीमा प्रवेश गर्ने निर्णय लिएका थिए ।
ओलीले एमाले प्रवेश गराएका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया