कुलमानसँगै जनार्दनको तस्बिर पनि हट्यो, अब प्रचण्डको मात्र !
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितको चुनाव प्रचार सामग्री हटाएको छ ।
स्थानीय तह निर्वाचनको प्रचार सामग्रीमा आफ्नो तस्बिर प्रयोग गरेको भन्दै घिसिङले आपत्ति जनाएपछि माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट उक्त सामग्री हटाएको हो ।
माओवादी केन्द्रले बुधबार प्रचण्डको आधिकारिक फेसबुक पेजबाट स्थानीय तह निर्वाचनलाई लक्षित गरेर तयार प्रचार सामग्री सार्वजनिक गरेको थियो ।

त्यसको पहिलो लहरमा पार्टी अध्यक्ष प्रचण्ड, दोस्रोमा वर्तमान अर्थमन्त्री तथा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र तेस्रो लहरमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको तस्बिर प्रयोग गरिएको थियो । जसमा माओवादीले मुलुकलाई लोडसेडिङमुक्त गरेको जस लिँदै भोट मागेको छ । ‘अँध्यारोबाट उज्यालोको यात्रा,’ सामग्रीमा लेखिएको थियो ।
माओवादीले कुलमानसँगै अर्थमन्त्री शर्माको तस्बिर हटाएर अध्यक्ष प्रचण्डको मात्र तस्बिरअंकित सामग्री फेसबुकमा राखेको छ ।
माओवादीले थाहै नदिई प्रचार सामग्रीमा मेरो तस्बिर राख्यो : कुलमान
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया