कुलमानसँगै जनार्दनको तस्बिर पनि हट्यो, अब प्रचण्डको मात्र !

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहितको चुनाव प्रचार सामग्री हटाएको छ ।
स्थानीय तह निर्वाचनको प्रचार सामग्रीमा आफ्नो तस्बिर प्रयोग गरेको भन्दै घिसिङले आपत्ति जनाएपछि माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजबाट उक्त सामग्री हटाएको हो ।
माओवादी केन्द्रले बुधबार प्रचण्डको आधिकारिक फेसबुक पेजबाट स्थानीय तह निर्वाचनलाई लक्षित गरेर तयार प्रचार सामग्री सार्वजनिक गरेको थियो ।
त्यसको पहिलो लहरमा पार्टी अध्यक्ष प्रचण्ड, दोस्रोमा वर्तमान अर्थमन्त्री तथा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र तेस्रो लहरमा विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको तस्बिर प्रयोग गरिएको थियो । जसमा माओवादीले मुलुकलाई लोडसेडिङमुक्त गरेको जस लिँदै भोट मागेको छ । ‘अँध्यारोबाट उज्यालोको यात्रा,’ सामग्रीमा लेखिएको थियो ।
माओवादीले कुलमानसँगै अर्थमन्त्री शर्माको तस्बिर हटाएर अध्यक्ष प्रचण्डको मात्र तस्बिरअंकित सामग्री फेसबुकमा राखेको छ ।
माओवादीले थाहै नदिई प्रचार सामग्रीमा मेरो तस्बिर राख्यो : कुलमान
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया