क्रिकेटर दीपेन्द्र ऐरी विश्व वरीयताको १० औं नम्बरमा

काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको दशौं नम्बरमा परेका छन् । ऐरी टी–२० अलराउन्डरको १० औं स्थानमा पर्न सफल भएका हुन् ।
ऐरीले केही दिन अघि मात्रै पपुवा न्युगिनी र मलेसियासँगको त्रिदेशीय सिरिजमा नेपालको तर्फबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा ऐरीले सात विकेट लिनुका साथै २५५ रन बनाएका थिए । उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराएर उपाधि जित्ने क्रममा उनले ५४ रन बनाउनुका साथै ४ विकेट पनि लिएका थिए । ऐरीले मलेसियाविरुद्ध ११० रन प्रहार गरेका थिए ।
अल राउन्डरको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया