क्रिकेटर दीपेन्द्र ऐरी विश्व वरीयताको १० औं नम्बरमा
काठमाडौं । नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको दशौं नम्बरमा परेका छन् । ऐरी टी–२० अलराउन्डरको १० औं स्थानमा पर्न सफल भएका हुन् ।
ऐरीले केही दिन अघि मात्रै पपुवा न्युगिनी र मलेसियासँगको त्रिदेशीय सिरिजमा नेपालको तर्फबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा ऐरीले सात विकेट लिनुका साथै २५५ रन बनाएका थिए । उनी प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
फाइनलमा पपुवा न्युगिनीलाई ५० रनले हराएर उपाधि जित्ने क्रममा उनले ५४ रन बनाउनुका साथै ४ विकेट पनि लिएका थिए । ऐरीले मलेसियाविरुद्ध ११० रन प्रहार गरेका थिए ।
अल राउन्डरको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया