NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

काठमाडौं महानगरमा एमालेबाट मेयरमा सिफारिस शाक्य, स्थापित र मानन्धर को हुन् ?

काठमाडौं । एमाले काठमाडौं महानगर कमिटीले मेयरको उम्मेदवारमा पाँच जना सिफारिस गरेको छ ।

उम्मेदवारीमा बहालवाला मेयर विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, पूर्वमेयर केशव स्थापित, महानगर कमिटीका अध्यक्ष निर्मल देउला सिफारिस गरेको हो । जिल्ला कमिटी सदस्य इन्दिरा पन्तसलाई पनि उम्मेदवारको रूपमा सिफारिस गरिएको छ ।

त्यसैगरी उपमेयरका लागि शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेको नाम सिफारिस गरिएको छ । सिफारिस भएका यी नामहरूलाई जिल्ला कमिटीमा पठाइसकिएको नेता केवश स्थापितले जानकारी दिए । सिफारिस भएका यी नामहरूमा जिल्ला कमिटीले रायसहित प्रदेश कमिटीमा पठाउनेछ । प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेपछि एक मेयर र एक उप–मेयर केन्द्रले छनोट गर्ने नेता स्थापितले बताए ।

मेयरमा बलियो दाबेदार शाक्य र स्थापित

नगरकमिटीले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेपनि प्रमुख दाबेदारमा शाक्य र स्थापित रहेका छन् । पाँच वर्षीय कार्यकालमा आफूले काठमाडौंमा राम्रो काम गरेको दावी गरेका शाक्य आगामी निर्वाचनमा काठमाडौंको निर्विकल्प मेयरमा दावी गरेका छन् ।

९ जेठ २०२० मा जन्मिएका शाक्य ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए । काठमाडौंको शंकरदेव क्याम्पसबाट वित्तीय व्यवस्थापनमा स्नातक गरेका शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उनीसँग महानगरबासी रुष्ट रहेका छन् । तर, पाँच वर्षे कार्यकालमा आफूले काठमाडौंमा राम्रो काम गरेको दावी गरेका छन् । महानगरवासीले फेरि पनि आफैंलाई मेयरमा निर्वाचित गर्ने उनले दावी गरेका छन् ।

केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब

उनी प्रजातान्त्रिक राष्ट्रिय युवासंघको संस्थापक कोषाध्यक्ष, २१ वडा कमिटी सदस्य, निर्वाचन क्षेत्र ७ का क्षेत्रीय कमिटी सदस्य रहेका थिए । त्यस्तै काठमाडौं जिल्ला कमिटी सचिव, प्रदेश कमिटी सदस्य हुँदै एमाले केन्द्रीय कमिटी सदस्य भए ।

त्यस्तै वाग्मती प्रदेशका पूर्वमन्त्री तथा काठमाडौंमा पूर्वमेयर स्थापित महानगर बनाउने भिजन आफूसँग भएको दावी गर्दै आएका छन् । मेयरका उनी लागि घरदैलोमा व्यस्त छन् । स्थानीयको विचार सुन्ने, परामर्श गर्ने र महानगरका साझा समस्याबारे जारकारी लिने काम गर्दै आएका छन् । ०७४ मा पनि मेयर बन्न चाहेका उनी अहिले कुनै हालतमा नछोड्ने बताउँदै आएका छन् ।

वि.सं. ०१६ मा काठमाडौंमा जन्मिएका स्थापित ०५४ काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घर (टहराहरू भत्काइएका थिए । उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भएका थिए । ०६९ मा काठमाडौं उपत्यका विकास प्रधिकरणको प्रमुखसमेत भएका थिए । ०७४ मा वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री बनेका स्थापितलाई मुख्यमन्त्री डोरमणि पौडेलले ०७५ मा मन्त्रीबाट बर्खास्त गरेका थिए । ०४७ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका महासचिव रहेका उनी ओलीपछि अध्यक्ष बनेका थिए । विभिन्न विवाद र चर्चामा आइराख्ने स्थापित अहिले एमाले केन्द्रीय सदस्य छन् ।

मानन्धरको सम्भावना न्यून

मेयरमा सिफारिस भएका मानन्धर ओली सरकारको पालामा भौतिक पूर्वाधार तथा विकासराज्य मन्त्री थिए । प्रतिनिधि सभाका सांसदसमेत रहेका उनी महानगरको मेयरको उम्मेदवारको लागि दौडधुप गरिरहेका छन् । तर उनलाई उम्मेदवार बनाउने सम्भावना कम रहेको एमालेका एक नेताले दाबी गरे । ०१९ मा काठमाडौं बालाजुमा जन्मिएका मानन्धर ०३६ मा भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएका थिए । ०३६ देखि ०४६ सम्मको विभिन्न आन्दोलनमा उनी निकै सक्रिय भए । ०५४ मा वडाध्यक्षमा निर्वाचित भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । पार्टी विभाजन अघि उनी वामदेवको विश्वासिला नेता थिए । गौतमका लागि आफू निर्वाचित क्षेत्र छोड्न तयार भएपछि उनी निकै आलोचित भएका थिए ।

काठमाडौं महानगरपालिका : मेयर शाक्यका गफ ठूला, काम शून्य

माधव नेपालले ५६८९ मत नल्याए काठमाडौंमा गठबन्धन मिले पनि एमालेलाई जित्न नसक्ने, यस्तो छ अंकगणित