NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

भरतपुरको मेयर माओवादी केन्द्रले पाएलगत्तै युट्युवमा आएको रेनु दाहालको गीतमा के छ ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रले पाउने गठबन्धन दलहरूबीच सहमति भएलगत्तै मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ ।

मंगलबार सत्तारुढ पाँच दलबीच ६ महानगरमा भागबण्डा गर्दा भरतपुर मेयरकाे उम्मेदवार माओवादीले नै लिने सहमति भएको थियो । मेयर कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रले अहिलेसम्म आधिकारिक निर्णय गरिसकेको छैन ।

गठबन्धन दलमा भरतपुर माओवादीले लिने सहमति भएपनि साझा उम्मेदवारको विषयमा छलफल भएको छैन । कांग्रेसको जनाधार रहेको क्षेत्रमा माओवादीलाई दिन नसक्ने भन्दै स्थानीय कांग्रेस कार्यकर्ता नेतृत्वसँग रुष्ट छन् ।

भरतपुरमा उम्मेदवारको लर्कोबीच यी हुन् कांग्रेसका मुख्य दाबेदार, माओवादीमा भने रेनु सर्वसम्मत

गत निर्वाचनमा झिनो मतान्तरले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी दाहालले बाँकी काम पूरा गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको बताउँदै आएकी छिन् ।

के छ रेनुको गीतमा ?

पाँच वर्षअघि भरतपुर महानगरका धुलो–धुँवा बाहेक केही नभएको, पहिलो पटक भएकाले आफूमा अनुभवको कमि भएको गीतमा उल्लेख गरिएको छ ।

भरतपुरको धेरै ठाउँमा पिच सडक, सिटी हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान, भूमिहीन किसानलाई लालपूर्जा वितरण, नारायणी तटबन्धन, पक्की पल बनाउने काम सम्पन्न गर्न आफू पुनः मेयरमा दोहोरिन चाहेको गीतमा उल्लेख छ । दृश्यमा मेयर दाहालाई देखाइएको छ ।
भिडिओलाई रविन्द्र बरालले छायाकंन गरेका छन् भने निर्देशन रवि अधिकारीले गरेका छन् । सन्तोष देउजाको शब्द रहेको गीतमा विष्णु खत्री र टीका पुनले स्वर दिएका छन् ।

५ वर्षमा राम्राे काम गरिएकाे भन्दै रेनुलाई भाेट दिन गीतमा अपिल गरिएकाे छ ।

यस्ताे छ रेनुकाे चुनावी गीत

कांग्रेसले समेत मलाई जिताउने आश्वासन दिएका छन् : विजय सुवेदी