NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउन देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवार चयनका लागि पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् । ६ महानगरपालिका र ११ उपमहानगरपालिमा सत्ता गठबन्धनबीच भागबण्डा भएपछि आफ्नो पक्षमा परेका महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याउन बैठक बोलाइएको जानकारी कांग्रेसका एक पदाधिकारीले दिए ।

‘सभापतिले सभापतिमा उम्मेदवार भएका, पदाधिकारी जितेका उपसभापति, महामन्त्री र केही सिनियर नेतालाई ३ बजे बालुवाटार बोलाउनुभएको छ’ ती नेताले भने, ‘कांग्रेसको भागमा परेका तीन महानगरपालिका मेयर, तीन उपमेयरसहितका उम्मेदवारको टुंगो लगाउनेबारे छलफल हुन लागेको हो ।’

कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर र भरतपुर, वीरगञ्ज र पोखराको उमपेयर परेको छ ।

कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?

त्यस्तै, धरान, इटहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयरको उम्मेदवार पनि भागबण्डामा परेको छ ।
त्यस्तै, जनकपुर, सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकाको उपमेयर पनि कांग्रेसको भागमा परेको छ । कांग्रेसले भाेलि बेलुकासम्म उम्मेदवार टुंग्याउने तयारी गरेकाे छ ।

सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एस, जसपाले ६ महानगरपालिका र ११ उपमहानगरपालिका एमालेविरुद्ध गठबन्धन बनाएर निर्वाचन लड्न लागेका हुन् ।

महानगर र उपमहानगरपालिकाका उम्मेदवार टुंग्याए पछि अरु स्थानीय तहमा पनि चुनावी तालमेलको तयारीमा सत्तारुढ गठबन्धन छन् ।

प्रकाशमान सिंहकी पत्नी सिर्जना नै हुन् काठमाडौंमा कांग्रेस मेयरकी उम्मेदवार ?

ताजा अपडेट

नेपालवाच विशेष