प्रकाशमान सिंहकी पत्नी सिर्जना नै हुन् काठमाडौंमा कांग्रेस मेयरकी उम्मेदवार ?

काठमाडौं । ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलबीच भागबण्डामा सहमति भएपछि अब को उम्मेदवार बन्छन् भन्ने विषयमा चर्चा परिचर्चा सुरु हुन थालेको छ । देशको राजधानी, धेरै निर्वाचन क्षेत्र रहेको भूगोल भएकोले पनि काठमाडौंको मेयरको उम्मेदवारकै चर्चा र परिचर्चा धेरै हुने गरेको छ ।
यसै क्रममा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर सत्ता गठबन्धनको पनि कांग्रेसको भागमा परेको छ । तर नगरको कार्यसमितिबाट अहिलेसम्म औपचारिक रुपमा कुनै नेता पनि सिफारिसमा परेका छैनन् ।
मेयरका लागि काठमाडौंबाट पछिल्लोपटक उपमेयरमा जितेकी हरिप्रभाव खड्गी, तीर्थराम डंगोल, नीलकाजी शाक्य र प्रगतिमान रञ्जित प्रमुख दाबेदार रहँदै आएका छन् । तर उम्मेदवार टुंग्याउने दिन नजिक आउँदै गर्दा मेयरको उम्मेदवारमा कांग्रेसमा सिर्जना सिंहको नाम निक्कै प्राथमिकतामा परेको छ । यस अघि जनप्रतिनिधि भएर काम नगरे पनि उच्च राजनीतिक घरानाकी सिंहलाई मेयरको उम्मेदवार बनाउनेसम्मको तयारी भएको बुझिएको छ ।
सिंह नेता प्रकाशमान सिंहकी श्रीमतीसमेत हुन् । काठमाडौंको राजनीतिमा सिंहको एकदमै बलियो र प्रभावशाली पकड रहेको छ । यस्तोमा सिंहले सिफारिस गरेकै नेता मेयरको उम्मेदवार बन्ने पक्कापक्काजस्तै छ । यस्तोमा पछिल्लो समय सिंह पत्नी सिंहकै नाम प्राथमिकतामा परेको बताइन्छ ।
सिंह निकट स्रोतका अनुसार पनि एक दुई दिनमा काठमाडौंबाट गठबन्धनका तर्फबाट लड्ने मेयरको उम्मेदवार घोषणा हुनेछ ।
‘अहिलेसम्म को उम्मेदवार बन्ने भन्ने टुंगो लागिसकेको छैन’ सिंह निकट स्रोत भन्छ, ‘अहिले व्यक्तिमा नजाउ दुई तीन दिनमा को उम्मेदवार बन्छ भन्ने टुंगो लाग्छ ।’
काठमाडौंमा बलियो प्रभाव रहेका प्रकाशमानले सिर्जना सिंहको पक्षमा लबिङ गरे जोसुकैलाई पनि यो प्रस्ताव टार्न गाह्रो हुनेछ ।
यसैले सिंह निकटका नेता र कार्यकर्ताले यसपटक मेयरमा सिर्जनालाई अघि सार्न दबाब दिइरहेको कांग्रेस स्रोत बताउँछ ।
१४ औं महाधिवेशनमा नेता सिंहले सभापति देउवालाई साथ दिएका थिए । यसैले सिंहले सिर्जनालाई उम्मेदवार बनाउन लगेको प्रस्ताव देउवाले सहजै स्वीकार्ने बुझिएको छ । भागबण्डा मिलाएका दलले अब उम्मेदवार चयन गर्नेछन् । एमालेले उठाउने उम्मेदवार हेरेर पनि कांग्रेसले उम्मेदवार अघि सार्न सक्छ ।
काठमाडौं महानगरमा एमालेबाट मेयरमा सिफारिस शाक्य, स्थापित र मानन्धर को हुन् ?
काठमाडौंको परिस्थिति अब सिर्जनाले अस्वीकार गरे मात्र अर्को नेता मेयरको उम्मेदवार बन्नेसम्मको अवस्थामा पुगिसकेको नेताहरू नै बताउँछन् ।
तर मुख्यगरी संस्थापन देउवा र कृष्णप्रसाद सिटौला पक्षले भने सिर्जनालाई उम्मेदवार बनाउन नहुने मत अघि सारेको बुझिएको छ ।
को हुन् सिर्जना ?
सिंह सक्रिय राजनीतिमा छैनन । तर प्रभावशाली राजनीतिक घरानाकाे हुनुकाे फाइदा धेरै छ । सिंह गणेशमान सिंह हुँदैदेखि नेविसंघको राजनीतिमा सक्रिय थिइन् । उनले पद्यकन्या क्याम्पसमा नेविसंघको राजनीति र २०३६ सालमा गोरखामा महिला संघको अध्यक्ष भइन् । सिंहले शंकरदेव क्यामपस र महाबौद्ध क्याम्पसबाट समेत नेविसंघको राजनीति गरेकी थिइन् ।
२०४६ साल अघि नेविसंघमा सक्रिय भए पनि त्यसयता भने उनी सक्रिय राजनीतिमा छैनन् । यद्यपी स्वास्थ्यको क्षेत्रमा भने उनले लामो समय काम गरेकी छिन् ।
पछिल्लो समय काठमाडौं ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधिमा भने निर्वाचित भएकी थिइन् । उनी महिला संघकी मुख्य सल्लाहकार पनि हुन् ।
३ महानगरमा गठबन्धनका ५ दल मिल्दा पनि एमालेलाई हराउन कठिन, यस्तो छ हिसाबकिताब
प्रतिक्रिया