लिङ्देनको घोषणाप्रति थापाको कटाक्ष : के पालिका लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वपार्टी राप्रपाले ल्याएको चुनावी घोषणपत्रप्रति कटाक्ष गरेका छन् ।
बुधबारमात्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रतिबद्धता जारी गर्दै सुत्केरीलाई तीन महिनासम्म तीन हजारका दरले दिने घोषणा गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै थापाले दलका घोषणापत्र पालिकाको आय बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेभन्दा पनि वितरणमुखी भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘पालिका भनेको लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?’
निःशुल्क विजुली दिने एकीकृत समाजवादीको घोषणापत्रप्रति पनि अध्यक्ष थापाले व्यंग्य गरेका छन् ।
राप्रपाको चुनावी प्रतिबद्धता : चुनाव जितेको ६ महिनाभित्र बिपन्न परिवारको पहिचान गर्ने
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया