लिङ्देनको घोषणाप्रति थापाको कटाक्ष : के पालिका लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वपार्टी राप्रपाले ल्याएको चुनावी घोषणपत्रप्रति कटाक्ष गरेका छन् ।
बुधबारमात्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रतिबद्धता जारी गर्दै सुत्केरीलाई तीन महिनासम्म तीन हजारका दरले दिने घोषणा गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै थापाले दलका घोषणापत्र पालिकाको आय बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेभन्दा पनि वितरणमुखी भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘पालिका भनेको लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?’
निःशुल्क विजुली दिने एकीकृत समाजवादीको घोषणापत्रप्रति पनि अध्यक्ष थापाले व्यंग्य गरेका छन् ।
राप्रपाको चुनावी प्रतिबद्धता : चुनाव जितेको ६ महिनाभित्र बिपन्न परिवारको पहिचान गर्ने
ताजा अपडेट
-
रास्वपाको घोषणा- भिजिट भिसा प्रकरणसम्बन्धी मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने
-
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित
-
खर्च कटौतीका २३ प्रस्ताव बहुमतले अस्वीकार
-
‘रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर लागिरहेको छु’-‘प्रचण्ड’
-
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछः सञ्चारमन्त्री गुरुङ
प्रतिक्रिया