NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपाले नवप्रवेशी शेरचनलाई बनायो बुटवल उपमहानगरको मेयर उमेद्वार, दमकमा थापा दोहोरिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय निर्वाचनका लागि काठमाडौं, लतितपुर र पोखरा महानगरपालिकासँगै बुटवल उपनगरपालिकाको मेयरको नाम पनि टुंगो लगाएको छ ।

यस्तै भैरहवा, देवदह, तिलोत्तमा, दमक, मधुवन, भीमदत्त नगरापलिका तथा रोहिणी र पताना गाउँपालिका लागि मेयर र अध्यक्षको नाम राप्रपाले टुंग्याएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरको मेयरमा व्यवसायी मृगेन्द्र शेरचनलाई उठाउने निर्णय आज राप्रपाले गरेको छ । उनी हालैमात्र राप्रपा प्रवेश गरेका हुन् ।

त्यस्तै, राप्रपाले रुपन्देहीकै भैरहवा नगरपालिकामा सागरप्रताप राणा, देवदह नगरपालिकामा माधव रिमाल र तिलोत्तमा नगरपालिकामा भुवन खनाललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकाकाको अध्यक्षमा ताहिर अलीलाई उम्मेदवार बनाएको छ ।

यस्तै राप्रपाले झापाको दमक नगरपालिकामा राम थापालाई मेयरकाे उम्मेदवार बनाउने निर्णय गरेको छ । अघिल्लोपटक पनि उनी नै उम्मेदवार थिए । दमक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो ।

यस्तै, बर्दियाको मधुवन नगरपालिकाको मेयरमा गिरिराज पुरुष र कालिकोटको पलाता गाउँपालिका अध्यक्षमा नीराजन बमलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयरमा गजेन्द्र चन्दलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

काठमाडौं, ललितपुर र पोखरा महानगरमा राप्रपाका मेयर उम्मेदवार को–को ?