NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नुवाकोटका दुई नगरपालिकामा कांग्रेस–माओवादीको भागबण्डा, एकीकृत समाजवादी र जसपाको असहमति

काठमाडौं । नुवाकोटका दुई नगरपालिकामा सत्ता गठबन्धनका तीन दल कांग्रेस र माओवादी केन्द्रले भागबण्डा टुंग्याएका छन् ।

गठबन्धन दलको शुक्रबार बसेको बैठकले दुई पालिकाको प्रमुख-उपप्रमुखसहित सबै र तारकेश्वर गाउँपालिकाका केही वडाध्यक्षमा भागबण्डा गरिएको हो ।

दुई दलको भागबण्डाप्रति एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले असहमति जनाउँदै बैठक बहिस्कार गरेका छन् । दुुई नगरपालिकासहित १२ पालिका रहेको नुवाकोटमा गाउँपालिकाको भागबण्डा छलफलबाट नै टुंग्याउने सहमति भएको कांग्रेस–माओवादीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । जारी विज्ञप्तिमा नुवाकोट माओवादी केन्द्रका संयोजक पुष्प लामिछाने र कांग्रेस सभापति रमेश महतकोमात्र हस्ताक्षर रहेको छ । गठबन्धनमा रहेका बाँकी तीन दलको हस्ताक्षर भने छैन ।

सहमतिअनुसार विदुर नगपालिकामा प्रमृुख कांग्रेसको भागमा परेको छ । उप्रमुख माओवादीले पाएको छ । यसैगरी कांग्रेसले १३ वडामध्ये नौ वडा, माओवादीले तीन र एकीकृत समाजवादीले एक वडाअध्यक्ष पाउने सहमति भएको छ । त्यस्तै बेलकोटगढीमा प्रमुख माओवादी केन्द्रले पाएको छ भने उपप्रमुख कांग्रेसले लिएको छ । एकीकृत समाजावादीलाई दुई वडाध्यक्ष पाएको छ । कांग्रेसले ६ र माओवादीले पाँच वडाध्यक्ष पाउने सहमति भएको छ ।

त्यस्तै तारकेश्वर गाउँपालिकामा कांग्रेसले चारवटा वडा र माओवादीले दुई वडाध्यक्ष पाउने सहमति भएको छ ।

No description available.

ककनीमा गठबन्धनबीच भागबण्डा मिलेन, मित्रवत् प्रतिस्पर्धामा जाने