NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

राप्रपाले वीरगञ्जको मेयर र उपमेयर उम्मेदवारको नाम टुंग्यायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाको उम्मेदवारको नाम टुंग्याएको छ ।

वीरगञ्जको मेयरमा राप्रपाको तर्फबाट गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यससँगै राप्रपाले चारवटा महानगरपालिकाको मेयर टुंगो लगाएको छ । उनका अनुसार विराटनगर र भरतपुर महानगरका उम्मेदवार पनि शनिबार अबेरसम्ममा टुंग्याउने तयारी छ ।

काठमाडौं, ललितपुर र पोखरा महानगरमा राप्रपाका मेयर उम्मेदवार को–को ?