राप्रपाले वीरगञ्जको मेयर र उपमेयर उम्मेदवारको नाम टुंग्यायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाको उम्मेदवारको नाम टुंग्याएको छ ।
वीरगञ्जको मेयरमा राप्रपाको तर्फबाट गिरिश गिरी र उपमेयरमा विना जयसवाल उम्मेदवार बन्ने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
यससँगै राप्रपाले चारवटा महानगरपालिकाको मेयर टुंगो लगाएको छ । उनका अनुसार विराटनगर र भरतपुर महानगरका उम्मेदवार पनि शनिबार अबेरसम्ममा टुंग्याउने तयारी छ ।
काठमाडौं, ललितपुर र पोखरा महानगरमा राप्रपाका मेयर उम्मेदवार को–को ?
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया