बार्यन बन्यो बुन्डेसलिगाको च्याम्पियन

काठमाडौं । बायर्न म्युनिख लगातार १० औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बार्यन विजयी भएको हो ।
जित निकालेको बार्यनले ३ गोल गर्यो भने डर्टमुन्ड १ खोलमा सीमित भयो ।
बार्यनका लागि सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १/१ गोलको योगदान गरे । इम्री क्यानले डर्टमुन्डका लागि सान्त्वना गोल फर्काए । बार्यनका लागि निजाब्री, लेबान्डोस्की र मुसियालाले क्रमशः १५ औं, २९ औं र ८३ औं मिनेटमा गोल गरेका हुन् । इम्री क्यानले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई अन्तर घटाएका थिए ।
योसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको डर्टमुन्डको ६३ अंक छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया