बार्यन बन्यो बुन्डेसलिगाको च्याम्पियन
काठमाडौं । बायर्न म्युनिख लगातार १० औं सिजनमा जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै बार्यन विजयी भएको हो ।
जित निकालेको बार्यनले ३ गोल गर्यो भने डर्टमुन्ड १ खोलमा सीमित भयो ।
बार्यनका लागि सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १/१ गोलको योगदान गरे । इम्री क्यानले डर्टमुन्डका लागि सान्त्वना गोल फर्काए । बार्यनका लागि निजाब्री, लेबान्डोस्की र मुसियालाले क्रमशः १५ औं, २९ औं र ८३ औं मिनेटमा गोल गरेका हुन् । इम्री क्यानले ४२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै खेललाई अन्तर घटाएका थिए ।
योसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक पुगेको छ भने दोस्रो स्थानमा रहेको डर्टमुन्डको ६३ अंक छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया