NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

फ्रेन्च लिग वानको उपाधि पिएसजीको पोल्टामा

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । लिगको चार राउन्डको खेल बाँकी छँदै पिएसजी च्याम्पियन बनेको हो ।

शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ को बराबरी खेले पनि पिएसजी प्राप्त अंकका आधारमा च्याम्पियन बन्यो । पिएसजीका लागि ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । ८८ औं मिनेटमा कोरेन्टिन जिनले लेन्सका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

योसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोड्न सफल भएको छ । अब उसले चार खेलमा प्रतिस्पर्धा गर्नुपर्ने छ । सबै खेलमा पराजित भए पनि ऊ च्याम्पियन बन्ने पक्का भएको छ । पिएसजीको यो १० औं लिग उपाधि हो ।

लेन्स ५४ अंक जोडेर सातौं स्थानमा छ ।