फ्रेन्च लिग वानको उपाधि पिएसजीको पोल्टामा
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको च्याम्पियन बनेको छ । लिगको चार राउन्डको खेल बाँकी छँदै पिएसजी च्याम्पियन बनेको हो ।
शनिबार राति घरेलु मैदानमा लेन्ससँग १–१ को बराबरी खेले पनि पिएसजी प्राप्त अंकका आधारमा च्याम्पियन बन्यो । पिएसजीका लागि ६८औं मिनेटमा लियोनल मेस्सीले गोल गरे । ८८ औं मिनेटमा कोरेन्टिन जिनले लेन्सका लागि गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
योसँगै पीएसजीले ३४ खेलबाट ७८ अंक जोड्न सफल भएको छ । अब उसले चार खेलमा प्रतिस्पर्धा गर्नुपर्ने छ । सबै खेलमा पराजित भए पनि ऊ च्याम्पियन बन्ने पक्का भएको छ । पिएसजीको यो १० औं लिग उपाधि हो ।
लेन्स ५४ अंक जोडेर सातौं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया