NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
कांग्रेसको घोषणापत्र :

‘ओलीजस्तो जनउत्तेजनाको व्यापारीका कारण देश भयंकर संकटमा फस्ने जोखिम बढ्यो’

काठमाडौं । नेपाली कांग्रेसले गएको पाँच वर्ष कम्युनिस्ट नेतृत्वको सरकारले त्यतिकै खेर फालेको टिप्पणी गरेको छ ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार पार्टी कार्यलय सानेपामा घोषणापत्र सार्वजनिक गर्दै उसले २०७४ को निर्वाचनपछि लामो संक्रमण र राजनीतिक अस्थिरताको अन्त्य भई स्थिरताको स्वर्णिमकाल आएको भए पनि कम्युनिस्टहरूले सदुपयोग गर्न नसकेको आरोप लगाएको हो ।

‘आगामी पाँच वर्षका लागि स्थिर सरकार र जिम्मेवार प्रतिपक्ष हुनेछ; संवैधानिक प्रावधान अनुसारका संस्थाको निर्माण र सुदृढीकरण हुँदै जानेछ; स्वायत्त संस्थाहरूको स्वतन्त्र विकास भई व्यवस्था अझ सुदृढ हुनेछ; सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुनेछ; सुशासनमा वृद्धि र भ्रष्टाचार नियन्त्रण हुनेछ; नागरिकको स्वतन्त्रता सिर्जनशीलतालाई प्रोत्साहन गरी रोजगारीका अवसरमा वृद्धि गरिनेछ; जनसरोकारका विषयमा, सेवा र सुविधाको प्रवाहमा उल्लेखनीय सुधार हुनेछ भन्ने आम जनताको विश्वास थियो । कम्युनिस्टहरूले त्यसको सदुपयोग गर्न सकेनन्’, घोषणापत्रमा उल्लेख छ ।

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

संविधानसभाबाट संविधान जारी भइ सबै किसिमका राजनीतिक द्वन्द्व समाप्त भइसकेको, सबै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको नेपालकै इतिहासमा सर्वाधिक अनुकूल र राजनीतिक स्वर्णिमकाल नेकपाले पाएको तर सदुपयोग गर्न नसकेको कांग्रेसको आरोप छ ।

तर केपी शर्मा ओलीजस्तो जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका कारण आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगेको आरोप कांग्रेसले लगाएको छ । जसका कारण स्थिरताको लाभ लिनबाट फेरि एकचोटी बञ्चित मात्र नगरी झन् भयङ्कर अस्थिरताको चक्रव्यूहमा फँस्ने जोखिम बढाएको उल्लेख छ ।

एमालेलाई चुनौती दिँदै गगनले जनाए घोषणापत्र सार्वजनिक कार्यक्रममा २ प्रतिबद्धता

ताजा अपडेट

नेपालवाच विशेष