धादिङमा गठबन्धनको भागबण्डा मिल्यो, कुन पालिका कसले पायो ?
काठमाडौं । सत्ता गठबन्धनले धादिङको १३ स्थानीय तहमा भागबण्डा टुंग्याएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले जिल्ला समन्वय समिति प्रमुखसहित सबै स्थानीय तहको भागबण्डा मिलाएको हो ।
कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेल र गुरुप्रसाद बुर्लाकोटीले संयुक्त हस्ताक्षर जारी गरिएको विज्ञप्ति अनुसार दुई नगरपालिका प्रमुखमा कांग्रेस र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।
धुनिवेशी नगरपालिका प्रमुख एकीकृत समाजवादीले पाएको छ । उपप्रमुख कांग्रेसले लिएको छ । त्यस्तै नीलकण्ठ नगरपालिकामा प्रमुख कांग्रेसले लिएको छ भने उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।
त्यस्तै ११ गाउँपालिका रहेको धादिङमा कांग्रेसले ७ गाउँपालिका कांग्रेसले लिएको छ । कांग्रेसले पाएको गाउँपालिकामा थाक्रे, खनियाबास, गंगाजमुना, नेत्रावती, त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक गाउँपालिका प्रमुख कांग्रेसले लिएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख, रुविभ्याली, बेनिघाट रोराङ र गजुरीका प्रमुख माओवादीले पाएको छ भने गल्छी गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादीले पाएको छ ।
यस्तो छ तीन दलको भागबण्डा :
पोखराको मेयरका उम्मेदवारबारेको निर्णय पुनर्विचार गर्न एमालेमा छलफल
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया