धादिङमा गठबन्धनको भागबण्डा मिल्यो, कुन पालिका कसले पायो ?

काठमाडौं । सत्ता गठबन्धनले धादिङको १३ स्थानीय तहमा भागबण्डा टुंग्याएको छ । आइतबार बसेको सत्ता गठबन्धनको बैठकले जिल्ला समन्वय समिति प्रमुखसहित सबै स्थानीय तहको भागबण्डा मिलाएको हो ।
कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेल र गुरुप्रसाद बुर्लाकोटीले संयुक्त हस्ताक्षर जारी गरिएको विज्ञप्ति अनुसार दुई नगरपालिका प्रमुखमा कांग्रेस र एकीकृत समाजवादीले भागबण्डा गरेका छन् ।
धुनिवेशी नगरपालिका प्रमुख एकीकृत समाजवादीले पाएको छ । उपप्रमुख कांग्रेसले लिएको छ । त्यस्तै नीलकण्ठ नगरपालिकामा प्रमुख कांग्रेसले लिएको छ भने उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।
त्यस्तै ११ गाउँपालिका रहेको धादिङमा कांग्रेसले ७ गाउँपालिका कांग्रेसले लिएको छ । कांग्रेसले पाएको गाउँपालिकामा थाक्रे, खनियाबास, गंगाजमुना, नेत्रावती, त्रिपुरासुन्दरी, ज्वालामुखी, सिद्धलेक गाउँपालिका प्रमुख कांग्रेसले लिएको छ ।
जिल्ला समन्वय समितिको प्रमुख, रुविभ्याली, बेनिघाट रोराङ र गजुरीका प्रमुख माओवादीले पाएको छ भने गल्छी गाउँपालिकाका अध्यक्ष एकीकृत समाजवादीले पाएको छ ।
यस्तो छ तीन दलको भागबण्डा :
पोखराको मेयरका उम्मेदवारबारेको निर्णय पुनर्विचार गर्न एमालेमा छलफल
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया