प्रभा बोगटीद्वारा विदुर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनको तर्फबाट बोगटीले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी माओवादी विदुर नगर कमिटीको अध्यक्ष हुन् । उनले मेयरमा दाबेदारी गरे पनि सत्ता गठबन्धनको भागबण्डामा मेयर कांग्रेसलाई परेपछि बोगटीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बोगटी माओवादी स्वर्गीय नेता पोष्टबहादुर बोगटीको छोरी पनि हुन् ।
प्रतिक्रिया