ललितपुर महानगर
एमालेकी उपमेयर उम्मेदवार शाक्यको उम्मेदवारी खारेज गर्न उजुरी दर्ता

काठमाडौं । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयर पदका लागि मनोनयन दर्ता गरेकी उम्मेदवार मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।
शाक्यको उम्मेदवारी नियम कानुन सम्वत् नभएको दाबी गर्दै स्थानीय ज्ञानबहादुर खड्गीले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।
०७४ को प्रदेशसभा निर्वाचनमा शाक्यको नाम बन्दसूचीमा रहेकाले उम्मेदवारी खारेज गर्नुपर्ने उजुरीमा उल्लेख छ ।
प्रावधानअनुसार उम्मेदवारले बन्दसूचीबाट नाम हटाएपछि उम्मेदवारी दर्ता गर्नुपर्नेछ । शाक्यले सोमबार उपमेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएकी थिइन् ।
बागलुङमा मनोनयन दर्ता : कतै पञ्चेबाजा, कतै कला–संस्कृति प्रदर्शनी
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया