अब उम्मेदवारले के-के गर्न हुँदैन ?

काठमाडौँ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आयोगले उम्मेदवारमाथि परेको उजुरी आज र भोलीगरी फर्छ्यौट गर्दैछ । त्यसपछि उम्मेदवारमाथि दावी विरोधको समय छ ।
बैशाख १७ गते आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवारलाई चुनाव चिन्ह दिदैछ । त्यससँगै प्रत्येक उम्मेदवारलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।
त्यसपछि निर्वाचन आचारसंहितामा भएको व्यवस्था विपरित गतिबिधी गर्ने उम्मेदवारले सोही अनुसार सजाय पाउनेछन् ।
उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एक थान चारपाङ्ग्रे हलुका सवारी साधन र मोटरसाइकल प्रयोग गर्न पाउँनेछन् । सवारी साधन नचल्ने ठाउँमा बढिमा चार वटा घोडा प्रयोग गर्न पाइन्छ ।
त्यसभन्दा बढी गाडी प्रयोग गरी चुनाव प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर हुनेछ । चुनाव प्रचार प्रयोजनका लागि अनुमति लिएको सवारी साधनमा मतदाता ओसार पसार गर्न हुँदैन ।
सवारी साधन नचल्ने ठाउँमा भने बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्नेछन् । निर्वाचन आचारसंहिताले उम्मेदवारहरूले चुनावी प्रचारका लागि सवारी साधन प्रयोग गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।
उम्मेदवारले आफ्नो दलको कार्यालय बाहेकका स्थानमा झण्डा, चुनाव चिन्ह टाँस्न वा राख्न पाउँदैनन् ।
कुनै किसिमको भित्तेलेखन गर्न, सबै प्रकारका सवारी साधानमा पर्चा टाँस्न, र्याली आयोजना गर्न हुँदैन ।
उम्मेदवारले अपरान्ह ५ बजेपछि चुनावी प्रचार प्रसारको काम गर्नुहुँदैन । यस्तै भोज भतेर जस्ता मतदाता प्रभावित पार्ने काम गर्न गराउन निर्वाचन आयोगले प्रतिवन्ध लगाएको छ ।
आचार संहितामा गर्न नहुने भनेका कामहरु गरे निर्वाचन आयोगले उक्त उम्मेदवारको उम्मेदवारी नै खारेज समेत गर्न सक्छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया