NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

लिभरपुलसँग भिल्लारियल स्तब्ध

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई हराएको छ । च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको सेमिफाइनलको पहिलो लेगमा लिभुरपुलले २–० को जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफको ५३ औं मिनेटमा भिल्लारियलका डिफेन्डर पोर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेर लिभर पुललाई अग्रता दिलाए । त्यसको दुई मिनेटलगत्तै साभडियो मानेले गोल गरेर खेललाई २–० मा पुर्याए ।

जितसँगै लिभरपुलको फाइनलमा पुग्ने सम्भावना बढेको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी मे ४ मा हुनेछ ।