नेपाल जिम्बावेसँग पराजित
काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए को टिमले नेपालविरुद्ध पहिलो टी–२० खेल जितेको छ । १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले ७ बल बाँकी हुँदै ६ विकेटको जित निकालेको हो ।
जिम्बावेको जितका इनोसेन्ट कायाले ४७, तादिवाएसे मरुमानीले ५६, टोनी मुन्योन्गाले ५० रन बनाए ।
नेपालका बलरमा डेब्यु गरेका बासिर अहमेद दीपेन्द्रसिंह ऐरी बाहेक सबै महंगा सावित भए । बासिरले ३.५ ओभरमा २२ रन दिएर २ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २४ रन दिए । तर करण केसीले तीन ओभरमा ३५ रन दिंदा एक विकेट लिए ।
सन्दीप लामिछानेले चार ओभरमा ५० रन दिंदा एक विकेट लिए । अविनाश बोहोराले दुई ओभरमा ३० रन दिए । नेपालको लागि टी–२० डेब्युमा मोहम्मद आदिल खानले २७ बलमा ४७ रन बनाए । उनी नटआउट रहे ।
कुशल भुर्तेलले ३१ बलमा ३६ रन बनाए । रोहित शर्माले २६ बलमा ३६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले रनआउट हुनु अघि १३ बलमा २८ रन बनाए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया