नेपाल जिम्बावेसँग पराजित

काठमाडौं । नेपाल भ्रमणमा रहेको जिम्बावे ए को टिमले नेपालविरुद्ध पहिलो टी–२० खेल जितेको छ । १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले ७ बल बाँकी हुँदै ६ विकेटको जित निकालेको हो ।
जिम्बावेको जितका इनोसेन्ट कायाले ४७, तादिवाएसे मरुमानीले ५६, टोनी मुन्योन्गाले ५० रन बनाए ।
नेपालका बलरमा डेब्यु गरेका बासिर अहमेद दीपेन्द्रसिंह ऐरी बाहेक सबै महंगा सावित भए । बासिरले ३.५ ओभरमा २२ रन दिएर २ विकेट लिए ।
दीपेन्द्रसिंह ऐरीले चार ओभरमा २४ रन दिए । तर करण केसीले तीन ओभरमा ३५ रन दिंदा एक विकेट लिए ।
सन्दीप लामिछानेले चार ओभरमा ५० रन दिंदा एक विकेट लिए । अविनाश बोहोराले दुई ओभरमा ३० रन दिए । नेपालको लागि टी–२० डेब्युमा मोहम्मद आदिल खानले २७ बलमा ४७ रन बनाए । उनी नटआउट रहे ।
कुशल भुर्तेलले ३१ बलमा ३६ रन बनाए । रोहित शर्माले २६ बलमा ३६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले रनआउट हुनु अघि १३ बलमा २८ रन बनाए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया