स्थापितलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । आयोगले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
एक कार्यक्रममा स्थापितले व्यक्त गरेका शब्दबारे आयोगमा उजुरी आएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजको कार्यक्रममा एक महिलाले स्थापितलाई उनीविरुद्ध लागेको यौन दुर्व्यवहारबारे प्रश्न सोधेकी थिइन् ।
भावना राउतले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनी आक्रोसित बनेका थिए ।
सो क्रममा उनले ‘यु आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । यही विषयमा उजुरी परेपछि आयोगले स्थापितलाई स्पष्टीकरण सोधेको हो ।
आइतबार पनि स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहविरुद्ध अराजनीतिक टिप्पणी गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया