नेपाल र जिम्बावेबीचको दोस्रो टि–२० खेल वर्षाका कारण रद्द
काठमाडौं । वर्षाले प्रभावित बनेर रोकिएको नेपाल र जिम्बावे ‘ए’ बीचको टि–२० शृंखलाको दोस्रो खेल रद्द गरिएको छ ।
त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाएर ४८ रनको स्कोर बनाएको थियो । सोही क्रममा अत्यधिक वर्षा भएपछि रोकिएको थियो ।
करिब ४० मिनेटपछि वर्षा रोकिएपछि खेल २ ओभर घटाएर पुनः सुरु गर्ने तयारी भएको थियो ।
तर, फेरि भारी वर्षा भएसँगै मैदानमा पानी जम्न थाल्यो । त्यसपछि अम्पायरले खेल रद्द भएको घोषणा गरेका हुन् ।
नेपालका लागि सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए । करणले विकेट लिएलगत्तैको बलपछि वर्षाले खेल रोकिएको हो ।
आइतबार भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया