टेस्ट मान्यताप्राप्त बलियो जिम्बावेविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । टेस्ट क्रिकेट मान्यता प्राप्त बलियो टाेली जिम्बावेलाई नेपालले पराजित गरेको छ । नेपाल भ्रमणमा रहेको जिम्बावेको ए टोलीलाई नेपालले टी–२० खेलमा पराजित गरेको हो ।
१३७ रनको लक्ष्य पछ्याएको नेपालले जिम्बावेविरुद्ध १५.५ ओभरमा ८ विकेटको सानदार जित दर्ता गरेको हो ।
पहिलो खेलमा जिम्बावेले नेपाललाई हराएको थियो । दोस्रो खेल वर्षाले स्थगित भएको थियो । तीन टी–२० खेलमा दुवै टिमले एक एक खेल जितेपछि बराबरी भएको छ ।
नेपालको जितमा आशिफ शेखले ५४ बलमा नटआउट ८७ रन बनाए । कुशल भुर्तेलले २६ बलमा ३४ रन बनाउँदा, बासिर अहमेदले १५ बलमा १० रन बनाए ।
बलिङमा सानदार प्रदर्शन
बलिङतर्फ सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिंदा २ विकेट लिए । बासिर अहमेदल चार ओभरमा १८ रन दिंदा एक विकेट लिए ।
सोमपाल कामीले चार ओभरमा १९ रन दिएर एक विकेट लिए । करण केसीले चार ओभरमा ३७ रन दिए । जिम्बावेको लागि इनोसेन्ट कायाले १४, तादिवानासे मारुमनीले २७ र रोय कायाले ४९ रन बनाएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया