टेस्ट मान्यताप्राप्त बलियो जिम्बावेविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । टेस्ट क्रिकेट मान्यता प्राप्त बलियो टाेली जिम्बावेलाई नेपालले पराजित गरेको छ । नेपाल भ्रमणमा रहेको जिम्बावेको ए टोलीलाई नेपालले टी–२० खेलमा पराजित गरेको हो ।
१३७ रनको लक्ष्य पछ्याएको नेपालले जिम्बावेविरुद्ध १५.५ ओभरमा ८ विकेटको सानदार जित दर्ता गरेको हो ।
पहिलो खेलमा जिम्बावेले नेपाललाई हराएको थियो । दोस्रो खेल वर्षाले स्थगित भएको थियो । तीन टी–२० खेलमा दुवै टिमले एक एक खेल जितेपछि बराबरी भएको छ ।
नेपालको जितमा आशिफ शेखले ५४ बलमा नटआउट ८७ रन बनाए । कुशल भुर्तेलले २६ बलमा ३४ रन बनाउँदा, बासिर अहमेदले १५ बलमा १० रन बनाए ।
बलिङमा सानदार प्रदर्शन
बलिङतर्फ सन्दीप लामिछानेले ४ ओभरमा २५ रन दिंदा २ विकेट लिए । बासिर अहमेदल चार ओभरमा १८ रन दिंदा एक विकेट लिए ।
सोमपाल कामीले चार ओभरमा १९ रन दिएर एक विकेट लिए । करण केसीले चार ओभरमा ३७ रन दिए । जिम्बावेको लागि इनोसेन्ट कायाले १४, तादिवानासे मारुमनीले २७ र रोय कायाले ४९ रन बनाएका थिए ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया