ओलीले गणतन्त्र नै समाप्त पार्न खोजेकाले गठबन्धन आवश्यक भएको हो : चित्रबहादुर केसी
काठमाडौं । राष्ट्रिय जनमार्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीले गणतन्त्रसहित संविधान सिध्याउन खोजेकोले गठबन्धन गर्नुपरेको जिकिर गरेका छन् ।
पाँचदलीय गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनको प्रतिकार गर्न गठबन्धन आवश्यक रहेको स्पष्ट पारे ।
‘ओलीलाई संसद देख्नै नहुने भयो । झण्डै दुई तिहाइको शक्तिशाली कम्युनिष्ट प्रधानमन्त्रीले गणतन्त्र, संविधान नै समाप्त पार्न खोजेपछि राष्ट्रिय जनमोर्चाले विरोध गरेको हो’, केसीले भने, ‘हामीले प्रतिगमनविरुद्ध विरोध गर्नुको कुनै विकल्प थिएन । प्रतिगमनका विरुद्ध प्रतिकार गर्न वर्तमान गठबन्धन बनेको हो ।’
चुनावमा कसले जित्छ र कसले हार्छ भन्ने कुरा प्रधान नभएको भन्दै उनले प्रतिगमनविरुद्ध गठबन्धन बनाएकोमा आफूमाथि आक्रमण भइरहेको बताए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया