धनगढी पुगेर आरजुले भनिन्, ‘सबैलाई त सक्दिन ५-६ जनालाई ‘फ्रि’मा मलेसिया पठाउँछु’
काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धनगढी पुगेर सो क्षेत्रका ५–६ जनालाई रोजगारीका लागि ‘फ्रि’मा मलेसिया पुर्याउने आश्वासन दिएका छिन् ।
हालै धनगढीमा आयोजित चुनावी घरदैलो कार्यक्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले चुनाव सिध्धिएपछि सो क्षेत्रका केही न केही मानिसलाई रोजगारी दिने बताउँदै कांग्रेसलाई जिताउन अनुरोध गरिन् ।

‘सबैलाई जान सक्दैनौं, यो क्षेत्रका तर ५–६ जनालाई फ्रि भिसामा मलेसिया लान सक्छौं । सबथोक फ्रि हुन्छ, काठमाडौं जाँदाको पनि पैसा लाग्दैन’, उनले भनिन् ।
सांसदसमेत रहेकी देउवाले यही रोजगार सिर्जना गर्न तत्काललाई कुनै योजना बनाउन नसकेको स्वीकार गर्दै भनिन्, ‘चुनावमा हामीलाई जिताएर तपाईँहरूले काम गर्ने बाटो बनाइदिनुभयो भने योजना बनाएर भविश्यमा यहीँ केही गर्न सक्नेछौं ।’
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया