NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

धनगढी पुगेर आरजुले भनिन्, ‘सबैलाई त सक्दिन ५-६ जनालाई ‘फ्रि’मा मलेसिया पठाउँछु’

काठमाडौं । प्रधानमन्त्रीपत्नीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले धनगढी पुगेर सो क्षेत्रका ५–६ जनालाई रोजगारीका लागि ‘फ्रि’मा मलेसिया पुर्याउने आश्वासन दिएका छिन् ।

हालै धनगढीमा आयोजित चुनावी घरदैलो कार्यक्रममा स्थानीयसँग अन्तरक्रिया गर्दै उनले चुनाव सिध्धिएपछि सो क्षेत्रका केही न केही मानिसलाई रोजगारी दिने बताउँदै कांग्रेसलाई जिताउन अनुरोध गरिन् ।

‘सबैलाई जान सक्दैनौं, यो क्षेत्रका तर ५–६ जनालाई फ्रि भिसामा मलेसिया लान सक्छौं । सबथोक फ्रि हुन्छ, काठमाडौं जाँदाको पनि पैसा लाग्दैन’, उनले भनिन् ।

सांसदसमेत रहेकी देउवाले यही रोजगार सिर्जना गर्न तत्काललाई कुनै योजना बनाउन नसकेको स्वीकार गर्दै भनिन्, ‘चुनावमा हामीलाई जिताएर तपाईँहरूले काम गर्ने बाटो बनाइदिनुभयो भने योजना बनाएर भविश्यमा यहीँ केही गर्न सक्नेछौं ।’

भरतपुर र काठमाडौंका मेयर उम्मेदवारबारे देउवाको नयाँ खुलासा

ताजा अपडेट

नेपालवाच विशेष