NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

प्रचण्डको स्पष्टोक्ति : प्रतिगामीलाई परास्त गरौँ भन्दा छोरी जिताउन धम्की दिएको आरोप लाग्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छोरी रेनु दाहालसहितका उम्मेदवारलाई भोट माग्ने क्रममा आफूले भरतपुरमा बोलेको विषयलाई गलत ढंगले प्रचार गरेको बताएका छन् ।

प्रतिगामीलाई गठबन्धन मिलेर परास्त गरौं भन्दा छोरी जिताउन धम्की दिएको आरोप लगाएको भन्दै त्यसप्रति प्रचण्डले खेद प्रकट गरेका छन् ।

आइतबार दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपय मिडियाले जनतालाई धम्क्याएको भनेर टिप्पणी गरे पनि वास्तविकता त्यस्तो नभएको बताए ।

‘कतिपय मिडियाले छोरी जिताउन मैले जनतालाई धम्क्याएको आरोप लगाए । हामीले भनेको कुरा यति हो कि यो गठबन्धन निकै ठूलो प्रतिगामी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो । यो निर्वाचनबाट पनि यो षडयन्त्रलाई परास्त गर्न जरुरी छ । त्यो परास्त गर्नका लागि मैले जनतालाई अपिल गरेको हुँ’, उनले भने ।

प्रचण्डले शुक्रबार भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा रेनुलगायत भरतपुर महानगरपालिकाका उमेदवारलाई नजिताए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको अभिव्यक्तिप्रति एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि कडा टिप्पणी गर्दै धम्कीपूर्ण भाषा बोलेको आरोप लगाएका छन् ।

प्रचण्डको भनाइविरुद्ध उजुरी परेपछि आयोगले आन्तरिक रुपमा छानबिन पनि थालेको छ ।

प्रचण्डको अभिव्यक्तिको छानबिनमा जुट्यो निर्वाचन आयोग