डेब्युमै पाँच विकेट लिएर सनसनी मच्चाएका किशोर को हुन् ?
काठमाडौं । जिम्बावे ए विरुद्धको एकदिवसीय खेलमा नेपालको तर्फबाट डेब्यु गरेका २२ वर्षीय किशोर महतोले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । उनले टेस्ट टोलीका खेलाडीसमेत समावेश भएको जिम्बावेविरुद्ध डेब्युमै पाँच विकेट लिएर सनसनी मच्चाएका हुन् ।
सात ओभर बलिङ गरेका किशोरले ४३ रन खर्चँदै ५ विकेट लिएका हुन् । उनले एक मेडन ओभर पनि फालेका छन् ।
नवलपुरमा जन्मिएका किशोरले आठ वर्षको उमेरदेखि नै साथीहरूसँग क्रिकेट खेल्न थालेका थिए । यद्यपि, उनले पहिलोपटक चितवन गएर क्रिकेट प्रशिक्षण लिएका थिए ।
किशोरले चितवन क्रिकेट एकेडेमीमा राजु खड्कासँग प्रशिक्षण लिएका हुन् । खड्का वर्तमान कप्तान सन्दीप लामिछानेका पनि पहिलो प्रशिक्षक हुन् ।
तीव्र गतिका बलर किशोरको घरेलु र उमेर समूहका क्रिकेट प्रतियोगिताहरूमा प्रदर्शनको तथ्यांक राम्रो छ । किशोरले नेपाली यू–१९ टोलीका लागि खेलिसकेका छन् ।
किशोर ०७६ मा थाइल्याण्डमा भएको एसिसी इस्टर्न रिजन टि–२० क्रिकेटमा पहिलोपटक राष्ट्रिय टिममा परेका थिए । आज एकदिवसीमा डेब्यु गरेका हुन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया