धनुषामा पनि हवाई फायर
जनकपुर । धनुषाको शहीदनगर नगरपालिकाको एक मतदानस्थलमा पनि तनाव हुँदा प्रहरीले हवाई फायर गरेको छ ।
नगरपालिकाको वडा नम्बर १ स्थित कुम्भकर्ण मतदानस्थलमा विवाद भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बिहान मतदान सुरु भएयता अहिलेसम्म झडप, विवाद र मतदान केन्द्र तोडफोड जस्ता उच्छृङ्खल कार्य हुँदा १५ स्थानमा निर्वाचन स्थगित भएको छ । अहिलेसम्म रामेछापको शैलुङ, दोलखाको बैतेश्वर, हुम्ला, सप्तरी, धनुषा, गोरखा, रामेछाप, काभ्रेलगायतका ठाउँहरुका १५ निर्वाचन स्थलको निर्वाचन स्थगित भएको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया