बाबुरामको मतदान केन्द्रका मतदान अधिकृतलाई समेत सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेको मतदान केन्द्रका मतदान अधिकृतलाई समेत स्पष्टीकरण सोधेको छ ।
भट्टराईलाई मतदान गर्दागर्दैका तस्बिर खिच्न दिएको आरोपमा मतदान अधिकृत प्रदीपकुमार रुपाखेतीलाई स्पष्टीकरण सोधिएको आयोगका एक अधिकारीले बताए ।
यसअघि भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।
छाप लगाएकोसमेत देखिनेगरी मतदान गर्दागर्दैका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर उनले आचारसंहिता विपरीतको काम गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ दिनू भनेर उनका नाममा पत्रसमेत काटिसकेको छ ।
भट्टराईले शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेपछि तस्बिरहरू सामाजिक सञ्जालमा राखेका थिए ।
‘बाबुरामलाई मात्र होइन मतदान अधिकृतलाई समेत कारबाही हुन्छ’ – NepalWatch
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया