काठमाडौं महानगरको मतगणना गर्नेबारे सर्वदलीय बैठक सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको लागि छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सबै मतपेटिका संकलन भइसकेपछि राष्ट्रिय सभा गृहमा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकले कतिखेरदेखि मतगणना गर्ने भन्ने टुंगो लगाउनेछ ।
काठमाडौंको मेयरमा एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्रका बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने विभिन्न चुनावी पोलले जनाएका छन् ।
प्रतिक्रिया