तीन सय मत गणना हुँदा बालेनलाई टक्कर दिंदै सिर्जना, कसले कति मत पाए ?
काठमाडौं । काठमाडौं महागनरपालिकामा तीन सय मतगणना हुँदा मेयरमा स्वतन्त्रका बालेन शाह अगाडि देखिएका छन् । बालेनले ७२ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याएकी सिर्जना सिंहको ७० मत आएको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् ।
अहिले वडा नम्बर ३२ र १ को गणना भइरहेको छ । ३२ वडाको दुई सय र १ को एक गण्नामा यी तीन उम्मेदवारको यति मत आएको हो ।
मेयरमा बालेनको ३२ नम्बर वडामा राम्रो प्रभाव देखिएको छ । सुरुवातबाटै उनले अग्रता बनाएका थिए ।
स्वतन्त्रका सुमन सायमीले १३ मत प्राप्त गरेका छन् ।
राप्रपाका मदनदास श्रेष्ठको ८ मत मात्रै आएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया