ओलीले मतदान गरेको सूर्यविनायकमा कांग्रेसको अग्रता
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् । एमालेका वासुदेव थापाले एक हजार ३४८ मतमात्र प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन् ।
ओलीको घर सूर्यविनायक २ बालकोटमा पर्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया