मदाने गाउँपालिका अध्यक्षमा कुँवर, उपाध्यक्षमा खड्का विजयी

काठमाडौं । गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा महेन्द्रबहादुर कुँवर र उपाध्यक्षमा सरिता खड्का विजयी भएका छन् ।
कुँवर कांग्रेस र खड्का एमालेबाट निर्वाचित भएका हुन् ।
कुँवरले ४ हजार ७०७ र उनका प्रत्यासी एमालेका प्रेम केसीले ४ हजार ६९७ मत पाए ।
उपाध्यक्षमा खड्काले ४ हजार ५६५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बेगम चन्द ४ हजार २११ मतमा रोकिए ।
यो गाउँपालिकामा एमाले र कांग्रेस गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका थिए ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया