नेपाल युगान्डासँग १२ रनले पराजित
काठमाडौं । टि-२० अन्तर्राष्ट्रिय महिला क्रिकेट सिरिजअन्तर्गत साेमबार भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको छ ।
युगान्डाले नेपाललाई १०३ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
नेपालका इन्दू बर्माले १६, डली भट्टले १३, बिन्दू रावलले १२ र कविता कुँवरले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकको रनसमेत नबनाउँदा नेपालले लक्ष्य भेट्न सकेन ।
यसअघि नेपालका कविता कुँवरले २, रुविना क्षेत्री, कविता जोशी र इन्दू बर्माले समान १/१ विकेट लिएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया