भरतपुरमा सुवेदीभन्दा रेनु १७ मतले अगाडि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा मात्र १७ मतले अघि छिन् ।
रेनुले ५१६५ ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ५१४८ ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४४० मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया