NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भरतपुर महानगर अपडेट : सुवेदीभन्दा रेनु २९ मतले अघि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा २९ मतले अघि छिन् ।

रेनुले ५७१८ ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ५६८९ ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २७८८ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

सुवेदी र रेनुबीच झिनो अन्तरको अग्रता फेरबदल भइरहेको छ ।