प्रचण्डको निर्वाचन क्षेत्र माडीमा मेयर–उपमेयर दुवै एमालेले जित्यो
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवनको माडी नगरपालिकामा नेकपा एमालेले मेयर–उपमेयर दुवैमा बाजी मारेको छ ।
एमालेले माओवादी केन्द्रसहित पाँच दलीय गठबन्धनलाई पराजित गर्दै दुवै पद जितेको हो ।
मेयरमा एमालेका कृष्णकुमार तामाङ ६ हजार ७५७ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर कार्कीले ५ हजार ९४० मत ल्याएका छन् ।
यस्तै, उपमेयरमा पनि एमालेकी एलिना श्रेष्ठले ६ हजार ३०५ मतसहित निर्वाचित भएकी छिन् । उनले माओवादी केन्द्रमा लाखमान तामाङलाई पराजित गरेकी हुन् । तामाङले ५ हजार ४३० मत मा ल्याए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया