NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

भरतपुर महानगर : सुवेदीविरुद्ध अग्रता बढाउँदै रेनु

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा २५५ मतले अघि छिन् । रेनुले बिस्तारै अग्रता बढाउँदै लगेकी छिन् ।

उनले ६८२७ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ६६७२ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३९१ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

यस्तै रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको छ । अहिले भने रेनु अलि अघि बढेकी हुन् ।