भरतपुर महानगर : सुवेदीविरुद्ध अग्रता बढाउँदै रेनु
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा २५५ मतले अघि छिन् । रेनुले बिस्तारै अग्रता बढाउँदै लगेकी छिन् ।
उनले ६८२७ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ६६७२ मत ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३३९१ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यस्तै रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको छ । अहिले भने रेनु अलि अघि बढेकी हुन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया