बालेनले लिए स्थापितमाथि झण्डै ६ हजारको अग्रता, स्थापितको मतदान केन्द्रमा समेत बालेनलाई बढी मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ५८४७ मतले अगाडि छन् ।
बालेनले १२५५३ मत ल्याएका छन् भने स्थापितले ६७०६ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९५७ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् । उनले स्थापितको वडामा समेत अग्रता बनाएका छन् ।
वडा नम्बर २८ को गणना स्थापितले मतदान गरेको बागबजारको पद्मकन्या क्याम्पसबाट सुरु भएको हो । त्यहाँ पनि बालेनले अग्रता लिएका छन् ।
सो क्षेत्रमा बालेनले ७३ मत ल्याएका छन् । दोस्रोमा कांग्रेसकी सिर्जना सिंह देखिएकी छिन् । उनले ६२ मत ल्याएकी छिन् । तेस्रो स्थानमा स्थापित रहेका छन् । उनले ३२ मतमात्र ल्याएका छन् ।
स्थापितको वडामा पनि बालेनको अग्रता, उनी तेस्रोमा मात्रै – NepalWatch
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया