बालेनले लिए स्थापितमाथि ६ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ६०८३ मतले अगाडि छन् ।
बालेनले १३१८९ मत ल्याएका छन् भने स्थापितले ७१०७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६२४७ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।
हालसम्म काठमाडौं महानगरमा ३३ हजार ९२६ मत गणना गरिएको छ ।
ताजा अपडेट
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
प्रतिक्रिया