बालेनले लिए स्थापितमाथि साढे ७ हजारभन्दा बढी मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ७५२२ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले १५७७५ मत ल्याएका छन् भने स्थापितले ८२५३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७३४८ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।
प्रतिक्रिया