बालेनले लिए स्थापितमाथि साढे ७ हजारभन्दा बढी मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ७५२२ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले १५७७५ मत ल्याएका छन् भने स्थापितले ८२५३ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७३४८ मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया