बाराका विभिन्न केन्द्रमा रद्द भएका केन्द्रमा मतदान जारी

काठमाडौं । बाराका विभिन्न केन्द्रमा रद्द भएको स्थानीय तहको निर्वाचन अहिले भइरहेको छ । गत वैशाख ३० गते रोकिएको मतदान अहिले जारी भएको हो ।
विभिन्न केन्द्रमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतहरूले जनाएका हुन्
जिल्लाको पचरौता नगरपालिकामा रद्द भएको चारवटा मतदान केन्द्रको मतदान शुरु भएको छ ।
यस्तै, पचरौता नगरपालिका वडा नम्बर २ स्थित बरगाछी मतदान केन्द्र र श्रीनगर प्रावि मतदान केन्द्र तथा वडा नम्बर ४ स्थित नेरामावि बेल्दारीको क र ख गरी चारवटा मतदान केन्द्रमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि बिहान ७ बजेदेखि ५ बजेसम्मको समय तोकिएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया