उम्मेदवार नै नभएको रुखमा झण्डै ५ हजार मत खसेपछि उपमेयरमा एमालेको फराकिलो अग्रता
काठमाडौं । विराटनगर महानगरपालिकामा गठबन्धनको भागबण्डाप्रति कांग्रेसका मतदाताको असन्तुष्ट छर्लङ्ग देखिएको छ । उपमेयरका उम्मेदवार नै नभएको कांग्रेसको मतदान चिह्न रुखमा ४८३७ मत खसेसँगै असन्तुष्टि प्रष्टै देखिएको हो ।
गठबन्धनको तर्फबाट उपमेयरमा उठेका जसपाका अमरेन्द्र यादव एमालेकी उम्मेदवार शिल्पा कार्कीभन्दा ४३२५ मतले पछाडि छन् । शिल्पाले ११०११ मत ल्याउँदा अमरेन्द्रको ६६८७ मतमात्र छ ।
मेयरमा भने कांग्रेसका नागेश कोइराला एमालेका सागर थापाभन्दा धेरै अघि छन् । हालसम्म ४० हजार २७२ मत गणना भएकोमा कोइरालाले ३१०१ मतको अग्रता लिएका हुन् ।
गठबन्धन हुँदा जसपाले उपमेयर पाएपछि कांग्रेसकै नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । यसैको परिणाम अहिले परिणाममा देखिएको छ ।
उपमेयरमा उठेका अमरेन्द्र जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया