कांग्रेसले कटायो दोहोरो शतक, पछ्याउँदै एमाले

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा परिणाम आउने क्रम पनि जारी रहेको छ ।
हालसम्म सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले दोहोरो शतक कटाएको छ । उसले २०१ वटा स्थानीय तहमा प्रमुख–अध्यक्ष जितेको छ ।
यस्तै, दोस्रो स्थानमा एमाले रहेको छ । एमालले १२४ स्थानमा प्रमुख–अध्यक्ष जितेको छ ।
यसैगरी, तेस्रो स्थानमा गठबन्धनमा आबद्ध दल माओवादी केन्द्र रहेको छ । उसले ८४ स्थानमा जितेको छ ।
शीर्ष स्थानमा रहेको कांग्रेसले १२१ स्थानमा स्थानमा अग्रता लिएको छ ।
त्यस्तै, एमालेले ७२ र माओवादी केन्द्रले ३१ ठाउँमा अग्रता लिएको छ ।
आधा स्थानीय तहको नतिजा आउँदा कांग्रेस, एमाले र माओवादीले अहिलेसम्म कति–कति जिते ? – NepalWatch
प्रतिक्रिया