पोखराको मतगणनास्थलमा एमालेको नाराबाजी

काठमाडौं । पोखरा महानगरपालिकाको मतणणनास्तथलमा विवाद भएको छ । वडा नम्बर ७ को मतगणनास्थलमा विवाद भएको हो । मत गणनामा आफ्नाभन्दा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै एमालेले नाराबाजी गरिरहेको छ ।
गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाएको छ । यसैको विरोधमा एमालेका प्रतिनिधिह’ले नाराबाजी गरिरहेका छन् ।
पोखरामा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्यले एमालेका कृष्ण थापाविरुद्ध फराकिलो अग्रता बनाएका छन् ।
यसर्थ, एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको गठबन्धनका प्रतिनिधिले आरोप लगाएका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया