NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

बालेनले लिए स्थापितमाथि झण्डै ९ हजारको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता झनै बढाउँदै लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा ८७२० मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।

बालेनले १८२३७ मत ल्याएका छन् भने स्थापितले ९५१७ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८ हजारभन्दा बढी मत ल्याएकी छन् ।

बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष